Connect with us

विशेष रिपोर्ट

बागमतिमा एकीकृत समाजवादीकी आले बनिन् मन्त्री

Published

on

नेपाल मुहार – २०८०-१२-२० 

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् ।

उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् ।

योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४,  एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Adonai Media Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. XXXXXXX
प्रेस काउन्सिल नेपाल दर्ता नं. XXXXXXX

बैजेनाथपुर-१९, विराटनगर
adonaimedia@gmail.com
सम्पादक
विवश गौतम

विज्ञापनका लागि
9804377754

Copyright © 2024 Adonai Media Pvt. Ltd. powered by Softechpark.