Connect with us

विशेष रिपोर्ट

बाइडेन र जिनपिङबीच टेलिफोन कुराकानी

Published

on

एजेन्सी – २०८०-१२-२१ 

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले फोनमा कुराकानी गरेका थिए । 

सो कुराकानीमा द्विपक्षीय सम्बन्ध, लागूऔषधविरुद्धको अभियान र जलवायु परिवर्तनलगायत क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे छलफल भएको अमेरिकी मिडियाहरुले बताएका छन् ।

यसअघि दुई नेताबीच सन् २०२३ नोभेम्बरमा क्यालिफोर्नियाको वुडसाइडमा भएको शिखर सम्मेलनमा भेट भएको थियो । त्यसपछि दुवैबीच पहिलो पटक फोनवार्ता भएको हो ।

गत जनवरी २७ मा जर्मनीको म्यूनिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटघाट भएको थियो । त्यसैको परिणामस्वरूप दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको बताइएको छ । 

यो कुराकानीले दुई देशबीचको तनाव कम गर्न गहन कूटनीतिको महत्त्वलाई उजागर गरेको विश्लेषण गरिएको छ । 

वार्ताका क्रममा अमेरिकी राष्ट्रपतिले दक्षिण चीन सागरमा चीनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका थिए । विवादित दक्षिण चीन सागरको लगभग सम्पूर्ण भाग चीनले दाबी गर्दै आएको छ । यद्यपि ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले पनि यसको केही भाग दाबी गर्छन् । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Adonai Media Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. XXXXXXX
प्रेस काउन्सिल नेपाल दर्ता नं. XXXXXXX

बैजेनाथपुर-१९, विराटनगर
adonaimedia@gmail.com
सम्पादक
विवश गौतम

विज्ञापनका लागि
9804377754

Copyright © 2024 Adonai Media Pvt. Ltd. powered by Softechpark.