Connect with us

विशेष रिपोर्ट

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

Published

on

नेपाल मुहार – २०८०-१२-२१ 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन् ।

गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । पाण्डेले भोलिसम्ममा विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिएका हुन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Adonai Media Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. XXXXXXX
प्रेस काउन्सिल नेपाल दर्ता नं. XXXXXXX

बैजेनाथपुर-१९, विराटनगर
adonaimedia@gmail.com
सम्पादक
विवश गौतम

विज्ञापनका लागि
9804377754

Copyright © 2024 Adonai Media Pvt. Ltd. powered by Softechpark.